
अवैध लागूऔषध सहित आठ जना पक्राउ
काठमाडौं, ३० पुस ।
सुनसरी, बराहक्षेत्र नगरपालिका १ चतरापुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८५ ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका २ बस्ने २१ वर्षीय समिर राई र उदयपुर वेलका नगरपालिका ७ बस्ने २१ वर्षीय रमेश राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले ९९०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १७ सप्तरङ्गी पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय अमित थापा मगरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्बे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो १ सय ग्राम सहित महोत्तरी रामगोपालपुर नगरपालिका २ ट्याङ्ग्राहा बस्ने २७ वर्षीय अजय कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका २ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ४ निमुवाबोझि बस्ने २८ वर्षीय मिन बहादुर बोहरा र २४ वर्षीय तेज बहादुर बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, धनगढीमाई नगरपालिका १० जिरोमाईल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अभिषेक साह र एलेक्स आले रहेका छन् ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, ३० पुस । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, रूकुम पश्चिम मुसिकोट नगरपालिका(१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका बस्ने काठमाडौं महानगरपालिका घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने सात जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं, ३० पुस ।
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गरेको अभियोगमा ७ जना चिनियाँ नागरिकहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सुर्खेत, ३० पुस । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ८ खजुरा बस्ने दैलेख भैरवी गाउँपालिका(६ घर भएका ३५ वर्षीय मणिराम गौतमलाई मंगलाबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
सिन्धुली, ३० पुस । घ्याङलेख गाउँपालिका ४ बेलबोटबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ७२ वर्षीय सुप्रिम बहादुर थिङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
१७ थान भरूवा बन्दुक बरामद
काठमाडौं, ३० पुस । सिन्धुली, घ्याङलेख गाँउपालिका १ लिपिखोलास्थित जंगलबाट भरूवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
म्याग्दी, रघुगंगा गाउँपालिका ८ चौराखानीस्थित खोल्साबाट भरूवा बन्दुक १ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
बागलुङ, ढोरपाटन नगरपालिका ३ सानास्थित लालिगुराँस सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान र तमानखोला गाउँपालिका(६ माईथानस्थित सलिनाधुरी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी बागलुङ, बडिगाड गाउँपालिका १ हम्मेलीस्थित काफलडाँडा सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ५ थान र सोही गाउँपालिका ३ फेदपोखरास्थित जंगलबाट एकनाले भरूवा बन्दुक ६ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गलकोट समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


