Advertisement Banner
Advertisement Banner

०१ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनचाँदीकाे मूल्य फेरि बढ्याे

०१ बुधबार , माघ २०८२४ घण्टा अगाडि

सुनचाँदीकाे मूल्य फेरि बढ्याे

नेपाली बजारमा सुनचाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाउँदै अगाडी बढेकाे छ । केहि समयदेखि निरन्तर जस्ताे उकालाे लागेकाे सुनचाँदीकाे मूल्यले आज नयाँ रेकर्ड कायम गरेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन र चाँदीको मूल्यले यसअघिको रेकर्ड तोडेको छ । जसअनुसार आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर सुन प्रतिताेला २ लाख ७८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ भने हिजाे प्रतिताेला २ लाख ७६ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि उच्च दरले बढेको छ । आज एकैदिन चाँदी तोलामा ३ सय १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा काराेबार भइरहेकाे छ।