Advertisement Banner
Advertisement Banner

०१ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

काठमाडौँका विभिन्न स्थानमा बिजुली जाने

०१ बुधबार , माघ २०८२६ घण्टा अगाडि

काठमाडौँका विभिन्न स्थानमा बिजुली जाने

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने भएकाे छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा बिजुली कटौती हुने भएकाे हाे ।

प्राधिकरणले एका सूचना प्रकाशित गर्दै बिजुली कटौती हुने जनाएको हाे । जसअनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जनाइएकाे छ । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत वायर चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको सूचनामा उल्लेख गरिएकाे छ ।

प्राधिकरणकाे सूचना अनुसार गणेशस्थान फिडरमा बिहान साढे ११ बजेदेखि अपराह्न साढे १ बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । त्यसैगरि भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो साढे ११ बजेदेखि दिउँसाे १ बजेसम्म बिजुली कटौती हुनेछ ।

त्यस्तै शिवपुरी फिडरको बुढानिलकण्ठको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने छ भने तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।