Advertisement Banner
Advertisement Banner

०१ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

अवैध कल बाइपास गर्ने सात जना चिनियाँ पक्राउ

०१ बुधबार , माघ २०८२६ घण्टा अगाडि

अवैध कल बाइपास गर्ने सात जना चिनियाँ पक्राउ

अवैध रूपमा कल बाइपास गर्ने ७ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३३ वर्षीय लेउ फान, ३ वर्षीया काउ झिकुन, ४१ वर्षीय लेउ चियान्वे, ४१ वर्षीय तु स्वाङसङ, ३८ वर्षीय फ्वाङ खाङ, ४९ वर्षीय छाइ चिसिङ र ४२ वर्षीय चाङ हाउलाई पक्राउ गरेको हाे ।

उनीहरूलाई भीओआइपीमा प्रयोग गरिने उपकरणसहित काठमाडौँको ज्याठाबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकाे छ । ज्याठाकाे एक होटेलमा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताइएकाे छ ।

पक्राउ परेका उनीहरू माथि दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।