Advertisement Banner
Advertisement Banner

३१ बुधबार, असार २०८३13th July 2026, 9:36:25 am

टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउँदै

२९ मंगलबार , पौष २०८२६ महिना अगाडि

टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउँदै

काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ हुने भएकाे छ । थारु समुदायले नयाँ वर्षको रूपमा समेत मनाउने माघी पर्वकाे अवसरमा पुस ३० गते र माघ १ गते दुई दिन माघी महोत्सव मनाउन लागेकाे हाे ।

समुदायले एक पत्रकार सम्मेलनको आयोजना गरि टुँडिखेलमा दुई दिन माघी महोत्सव  मनाउन लागिएको जनाएकाे छ । थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारु कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीद्वारा उद्घाटन गरिने उक्त महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्‍याउने लक्ष्य राखेको अध्यक्ष चौधरीको भनाइ रहेकाे छ ।

अध्यक्ष चौधरीका अनुसार झाँकी र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महोत्सवका मुख्य आकर्षण रहने बताइएकाे छ । महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुति रहनेछ ।

दुई दिनसम्म चल्ने महोत्सवमा थारु जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) समेत रहनेछन् ।