
एक वर्षकाे अवधिमा प्रेस स्वतन्त्रता हननका १ सय २१ वटा घटना घटेकाे छ । प्रेस काउन्सिल नेपालकाे तथ्यांक अनुसार काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना घटेकाे बताइएकाे छ ।
काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना घटेको जनाएको हो । जसमा सबैभन्दा बढी धम्की दुव्र्यवहार का ५० घटना रहेका छन् भने आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा तथा अवरोधका ९, पक्राउ प्रयासका ५, शङ्कास्पद मृत्युका २, नीतिगत बन्देजका २ र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन् ।
काउन्सिलकाे अभिलेख अनुसार प्रदेशमा अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सदरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनीमा ६, गण्डकीमा ६ र कर्णालीमा ५ घटना घटेका छन् । त्यस्तै लैङ्गिक आधारमा उक्त अवधिमा १ सय ९० जना पुरुष र १० महिला गरी २ सय जना पत्रकार/सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको थियाे ।
त्यसैगरि साे अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका १० वटा घटना घटेकाे काउन्सिलकाे अभिलेखमा उल्लेख गरिएकाे छ । जसमध्ये बागमती प्रदेशमा ५, मधेस प्रदेशमा ४ र कर्णालीमा १ घटना घटेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


