Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

२८ सोमबार , पौष २०८२एक महिना अगाडि

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

सर्लाही। मलंगवा नगरपालिका ९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका( ७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । प्रहरी थप अनुसन्धानरत रहेको छ ।