Advertisement Banner
Advertisement Banner

२९ मंगलबार, पौष २०८२9th January 2026, 2:05:00 am

बैतडीमा जिप दुर्घटना तीन जनाको मृत्यु

२८ सोमबार , पौष २०८२१७ घण्टा अगाडि

बैतडीमा जिप दुर्घटना तीन जनाको मृत्यु

बैतडीकाे जयपृथ्वी राजमार्गकाे साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त राजमार्गकाे पाटन नगरपालिका–८, साँडीघाँटीमा जिप दुर्घटना भएकाे हाे ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनामा तीन जना पुरुषकाे मृत्यु भएकाे छ भने उनिहरूकाे सनाखत हुन नसकेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने जिपमा कति जना सवार थिए भन्नेसमेत खुल्न नसकेको सिंहकाे भनाइ रहेकाे छ । अन्य घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।