
नेपाली बजारमा निरन्तर बढेकाे सुनकाे मूल्य आज २ लाख ७५ हजार नजिकै पुगेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतिताेला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेकाे छ । यसअघि हिजाे प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरि चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज प्रतितोला चाँदी ५ हजार १ सय ९५ रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार थियो ।


