स्वीस वैंकमा रहेको ५ करोड ४० लाख डलरधनी ८ नेपाली धनाध्य को को हुन्? सरकार चुप लागेर बस्न सक्दैन। स्वीस लिकले कालोधन सार्वजनिक गरिसकेको छ र काठमाडौंदेखि दिल्लीसम्म तरङ्ग र्फैलिसक्यो। मगन्ते देशका भ्रष्टहरुले स्वीस बैंकमा यसरी पैसा राख्न सक्छन् भने तिनीहरुको नाम राज्यले खोज्नैपर्छ, सार्वजनिक गर्नैपर्छ र ती पैसा नेपालमा फर्काएर उर्जा र उत्पादनमूलक उद्यममा लगाउनै पर्छ।
०४६ सालको आन्दोलनताका महारानी ऐश्वर्यको नाममा पैसा छ भनेर पम्फादेवीको भण्डाफोर निकालिएको थियो। दरवार हत्याकाण्डको १४ वर्षपछि पनि तत्कालीन राजारानी र राजपरिवारको विदेशमा पैसा कति छ सरकारले खोज्न सकेन। स्वीस वैंकमा राखिएको धन कालोधन नै हो। जनता मारेको शोषणकै पैसा हो। अन्यथा यसरी लुकाएर राख्नुपर्ने कुनै जरुरत छैन। स्वीस बैंकको एउटै खातामा ४ करोड डलर भेटिएको छ। ४ करोडको धनी को हो? कतै राजनीतिक नेता, प्रशासक त परेका छैनन् यी ८ मा?