
काठमाडौं, २७ पुस । काठमाडौं, टोखा नगरपालिका ९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका ९ दिपज्योती बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका ६ बौद्धबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय ८३ एम्पुल, डाईजेपाम १ हजार २ सय ९३ एम्पुल र बुप्रेनोर्फिन १ हजार २ सय ९३ एम्पुल सहित गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका ६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका ६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका १ राजपोखरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय टयाब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर वेलका नगरपालिका ४ रामपुर बस्ने २७ वर्षीय सनम माझी र सोही नगरपालिका ९ बस्ने २२ वर्षीय अनुप क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ हजार ९ सय १० ट्याब्लेट सहित कोशी गाउँपालिका(१ बस्ने २३ वर्षीय रोशन झा समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय धरानबाट खटिएको प्रहरीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका ६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहमद रहिम मिँया समेत २ जनालाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका १७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४ ग्राम सहित भारत बिहार अररिया खैरा खगरा ४ बस्ने १९ वर्षीय राजकुमार साह समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एपि ९०४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
काठमाडौं, २७ पुस । कपिलवस्तु, कृष्णनगर नगरपालिका १२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
स्याङ्जा, विरूवा गाउँपालिका ६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बागलुङ, बडिगाड गाउँपालिका ३ स्यालास्थित पोरकापाटल सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ७ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।


