Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्यकाे नयाँ इतिहास २ लाख ७० हजार नाघ्याे

२७ आइतबार , पौष २०८२एक महिना अगाडि

सुनको मूल्यकाे नयाँ इतिहास २ लाख ७० हजार नाघ्याे

नेपाली बजारमा सुनकाे मूल्यले नयाँ इतिहास रचेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य हालसम्मकै उच्च भएर नयाँ इतिहास रचेकाे हाे ।  

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोलामा ४ हजार ७ सय ८० रुपैयाँ काराेबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।