Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२७ आइतबार , पौष २०८२२ महिना अगाडि

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

राष्ट्रपति पाैडेलले सिंहदरबारको पश्चिमद्वार अगाडिको राष्ट्र निर्माता शाहाको सालिकमा पुष्पहार अर्पण गर्दै सम्मान गरेका हुन् । उक्त अवसरमा राष्ट्रपति पौडेल कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।