
आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । यसअघि पुस २३ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको नामावाली सार्वजनिक गरेकाे र पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोएिकोमा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएकाे हाे ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारले चाहेमा आज नाम फिर्ता लिने र आजै दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ र उक्त रिक्त १८ पदका लागि विभिन्न कलस्टरबाट ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएकाे छ । गठबन्धन गरेका कांग्रेसले ९, नेकपा एमालेले ८ र जनता समाजवादी पार्टीले ३ जनालाई उम्मेदवार बनाएको छ । त्यसतै राष्ट्रिय जनमार्चाले ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १ र नेपाल मजदुर किसान पार्टीले २ जनाको उम्मेदवारी दर्ता गराएकाे छ भने नेपाली कम्युनिष्ट पार्टी नेकपा एक्लै प्रतिस्पर्धामा उत्रिएकाे छ ।


