Advertisement Banner
Advertisement Banner

२८ सोमबार, पौष २०८२9th January 2026, 2:05:00 am

विभिन्न भागमा माैसम बदली र तथा हिमाली भेगमा हिमपात

२७ आइतबार , पौष २०८२२० घण्टा अगाडि

विभिन्न भागमा माैसम बदली र तथा हिमाली भेगमा हिमपात

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भूभागकाे मौसममा बदली भएकाे छ । आज तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यसैगरि तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कमजोर हुने भएकाले हवाई तथा सडक यातायात सञ्चालनमा समस्या हुने तथ बिहानीपखदेखि नै लागेको कुहिरो मध्यान्नसम्म कायम रहने बताइएकाे छ । हुस्सुका कारण तापक्रममा गिरावट आउने र स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्ने भएकाले चिसोबाट बच्न र आवश्यक सावधानी अपनाउन अनुराेध गरिएकाे छ ।

दिउँसो कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने रातिको समयमा पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेकाे छ ।