
सरकारले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको हो ।
विभागले ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब बिक्री वितरण गर्न नदिने भएको हो । विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुगमन गरी विभागले ४० माइक्रोनभन्दा कमका प्लास्टिक उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन दिएको हो ।
विभागले उपभोक्ता संरक्षण ऐन, ०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको उल्लेख गर्दै सुधारात्मक निर्देशनसमेत दिएको छ । वातावरण संरक्षण गर्ने हेतुले त्यस्तो निर्देशन दिइएको विभागले प्रष्ट पारेको छ ।


