
गत कात्तिक २१ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाकाे पनौती नगरपालिका-५, स्थित सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता ९ हजार लाइसेन्स छापिएकाे छ । यातायात व्यवस्था विभागका अनुसार उक्त अवधिमा केन्द्रबाट ८ हजार ९ सय ८३ लाइसेन्स छापिएकाे बताइएकाे छ ।
केन्द्रमा दुई महिना अविधमामा उक्त परिमाणकाे क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको हाे । यसअघि विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको थियाे ।
अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइ शुरु गरेका थिए । गत कात्तिक १२ गते लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच सम्झौता भएको थियो भने उक्त सम्झाैता अनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने छ ।
विभागका आइटी निर्देशक केशव खतिवडाका अनुसार हालसम्म ८ हजार ९ सय ८३ लाइसेन्स छपाइ भएको र सम्झाैता अनुसार अरु लाइसेन्स छाप्ने काम भइरहेकाे बताइएकाे छ ।


