Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, पौष २०८२9th January 2026, 2:05:00 am

प्रहरी समाचार

२३ बुधबार , पौष २०८२एक दिन अगाडि

प्रहरी समाचार

अवैध लागूऔषध सहित २४ जना पक्राउ
काठमाडौं, २३ पुस । रूपन्देही, बुटवल उपमहानगरपालिका(१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सन्देश खत्री समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    झापा, बिर्तामोड नगरपालिका १ सूर्यनगर टोल बस्ने ४० वर्षीय अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २३ ग्राम १ सय ८० मिलिग्राम, नेपाली २ लाख ६७ हजार रूपैयाँ, भारतीय २९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
    कैलाली, धनगढी उपमहानगरपलिका २ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका(३ बस्ने ३४ वर्षीय दिपक चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी कैलाली, भजनी नगरपलिका ५ लालबोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका(६ बागमारा बस्ने २५ वर्षीय मदन विक र २४ वर्षीय हेमन्त परियार रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले से.१ प ९६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सिराहा, गोलबजार नगरपालिका ६ लक्ष्मी टोल बस्ने ३६ वर्षीय सजिव मोक्तान समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम र नगद ५८ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सजिवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 
    सुनसरी, इटहरी उपमहानगरपालिका ४ पानधारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५१ वर्षीय हिरा साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, धरान उपमहानगरपालिका १८ बाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका २० बस्ने १९ वर्षीय जीवन राई र सोही उपमहानगरपालिका ११ बस्ने २० वर्षीय क्रिष श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कपिलवस्तु, वाणगंगा नगरपालिका २ तिनैया बस्ने २३ वर्षीय सुरेश थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सुरेशको घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 
    मोरङ, सुनवर्षी नगरपालिका २ अमरदह बजार डेरा गरी बस्ने २१ वर्षीय रोहन यादव समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोहनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  
    कञ्चनपुर, बेदकोट नगरपालिका ९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय छङ्गा राना र २४ वर्षीय सनेश राना रहेका छन् । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरीले छङ्गाको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 
    यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका(२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम १ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका(२ चवन्नी खल्ला गाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    पर्सा, ठोरी गाउपालिका ३ ब्रमानगर बस्ने छिरिङ दोङलाई अवैध लागूऔषध गाँजा १ सय ५७ किलो ९ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर र घर नजिकै रहेको खेतबाट उक्त परमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न दुई जना पक्राउ
मोरङ, २३ पुस, मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(११ रोडसेशस्थित भिन्तुना गीतगजलका संचालक सोही महानगरपलिका १२ घर भएका ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने सोही महानगरपालिका ८ घर भएका २६ वर्षीय मनिष ठाकुर रहेका छन् । 
उनीहरूले सोही गजलमा काम गर्ने १६ वर्षीया बालिकालाई भारतीय नागरिहरूसँग यौन क्रियाकलाप गर्न लगाई शारीरिक यातना समेत दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले बालिककाको उद्दार समेत गरेको छ । 
उनीहरूलाई मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
सिराहा, २३ पुस, कर्जन्हा नगरपालिका १ बाल्टिया बस्ने १७ वर्षीया बालिकाको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा धनुषा छिरेश्वरनाथ नगरपालिका(३ बटैया टोल बस्ने ४५ वर्षीय राम बालक चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
कर्जन्हा नगपालिका २ स्कुल टोलस्थित कमला सिंचाई नहर नजिकै झाडीमा ती बालिकाको शव मंसिर २२ गते फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बर्दिया, २३ पुस, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने दोलाखा गौरीशंखर गाउँपालिका(८ घर भएका २३ वर्षीय अब्रहाम थामी र भक्तपुर मध्यपुर थिमि नगरपालिका(२ बस्ने दोलखा विगु गाउँपालिका ८ घर भएका २३ वर्षीय गोविन थामी रहेका छन् । 
काठमाडौं महानगरपालिका(३२ तीनकुनेस्थित अन्नपूर्ण पोष्ट कर्पोरेट टावरको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०२.०२३ प ६२०७ नम्बरको मोटरसाइकल र काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित इमपावर हन्टर एच आर सोलुसन प्रालिको पार्किङमा पार्किङ गरी राखेको बा.प्र.०३.००२ प ०८५९ नम्बरको मोटरसाइकल पुस १५ गते चोरी भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया, २३ पुस । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका १ ठुलो डाँफे बस्ने ३१ वर्षीय बिष्णु बहादुर क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
बिष्णुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एकनाले भरूवा बन्दुक बरामद
बागलुङ, २३ पुस । तमानखोला गाउँपालिका(१ खोलेसीवाङस्थित थारेखेत सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ४ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

अवैध लागूऔषध गाँजा बरामद
मकवानपुर, २३ पुस । 
    हेटौंडा उपमहानगरपालिका(१९ बासुदेब टोलबाट अवैध लागूऔषध गाँजा करिब ६२ किलो १ सय ६० ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । 
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको २ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।