Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, पौष २०८२9th January 2026, 2:05:00 am

टेलिकमद्वारा अनलाइन केवाईसी अपडेट परीक्षण सुरु

२३ बुधबार , पौष २०८२२ दिन अगाडि

टेलिकमद्वारा अनलाइन केवाईसी अपडेट परीक्षण सुरु

नेपाल टेलिकमकाे दूरसञ्चार कार्यालय, सुनधाराबाट अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको छ । टेलिकमले जीएसएम प्रिपेड सिम कार्ड प्रयोगकर्ता ग्राहकहरूको कम्पनीमा रहेको ग्राहक विवरण क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको परीक्षण शुभारम्भ गरेको हो ।

परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरेका छन् । उक्त अवसरमा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउन महत्वपुर्ण भूमिका खेल्ने बताए ।

त्यसैगरि प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै  डिजिटल रूपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले बताए ।

अव आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका टेलिकमका ग्राहकले ग्राहक सेवा केन्द्रमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्ने बताइएकाे छ । टेलिकमका अनुसार विवरणको आधारमा सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्ने जनाइएको छ ।