Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, पौष २०८२9th January 2026, 2:05:00 am

राष्ट्रियसभाको १८ पदका लागि उम्मेदवारी दर्ता गरिँदै

२३ बुधबार , पौष २०८२२ दिन अगाडि

राष्ट्रियसभाको १८ पदका लागि उम्मेदवारी दर्ता गरिँदै

राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज उम्मेद्वारको मनोनयन दर्ता गरिँदैछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै  देशभर उम्मेद्वारको मनोनयन दर्ता हुने भएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार, रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने बताइएको छ । आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउन सकिने बताएकाे हाे ।

आगमी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुन लागेका पद पूर्तिका लागि यो निर्वाचन हुन लागेको हो । आयोगकाे कार्यतालिका अनुसार आयोगले मंगलबार नै अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचनको वातावरण तयार गरिसकेको र आज मनोनयन दर्ता भएपछि भोलि उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

त्यसैगरि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २७ गते उम्मेद्वारकाे अन्तिम नामावली प्रकाशन गरिने छ भने उम्मेद्वारले नाम फिर्ता लिन चाहेमा साेहि दिन फिर्ता लिन सकिने र पुस २८ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएकाे छ ।