Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गैरीगाउँकाे फर्निचर गोदाममा भिषण आगलागी

२२ मंगलबार , पौष २०८२एक महिना अगाडि

गैरीगाउँकाे फर्निचर गोदाममा भिषण आगलागी

काठमाडौँको गैरीगाउँमा रहेकाे एक फर्निचर गोदाममा भिषण आगलागी भएको छ । फर्निचर गोदामबाट सल्किएकाे आगो अन्यत्र पनि फैलिएकाे छ ।

अहिले सशस्त्र र जनपद प्रहरी आगो नियन्त्रणमा खटिएका छन भने काठमाडौँ महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उक्त गाेदाममा आगो कसरी लाग्यो भन्ने नखुलेकाे प्रहरीले जनाएकाे छ ।

आगलागी भएपछि धुवाँको मुस्लो निस्किएकाे र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै भएकाले जहाजहरु अवतरण गर्न समेत समस्या भएकाले आकाशमै होल्ड गरिएकाे बताइएको छ ।