
मुगुमा नेपाली सेनाको जीप दुर्घटना परेको छ । हिजो साँझा मुगुको रारा क्षेत्रमा सैनिक पुर्याएर फर्किँदै गरेको जीप भिरबाट खसेर दुर्घटना भएको हो ।
नेपाली सेनाको जीप भिरबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताइएको छ । हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्याएर फर्किने क्रममा जीप दुर्घटना हुँदा अमलदार हरिसिंह ऐडी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते बैतडी पाटन-४, बगाडीका ऐडीको मुगु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


