Advertisement Banner
Advertisement Banner

२३ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

अवैध लागूऔषधको बढ्दो महामारी

२१ सोमबार , पौष २०८२२ दिन अगाडि

अवैध लागूऔषधको बढ्दो महामारी

अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं, २० पुस
रूपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलोग्राम सहित भारत घर भएका ३६ वर्षीय RASHID VATTIYAN आइतबार दिउँसो पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले एयर एशियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
मोरङ, मिक्लाजुङ गाउँपालिका(६ शान्ति टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय मिलन कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं, टोखा नगरपालिका ९ गोंगबु शिवमन्दिर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही नगरपालिका ९ बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका ५ घर भएका २० वर्षीय श्रीकृष्ण तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका ११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ५० मिलिग्राम र नगद ८९ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने  कालिकोट रास्कोट नगरपालिका ५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी श्रीमती २० वर्षीया कृपा तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  
यसैगरी बाँके, खजुरा गाउँपालिका ७ गुनाहाना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय समि उल्ला भाटललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    चितवन, भरतपुर महानगरपालिका १८ भिमेश्वर टोल बस्ने २५ वर्षीय सचिन गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने वस्तु १ किलो ४ सय १० ग्राम, नगद ७५ हजार २ सय २५ रूपैयाँ र डिजिटल तराजु १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
    नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका ७ सोमाइ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराजगन्ज टुटिबारी बस्ने २० वर्षीय राज रौनियार, ४२ वर्षीय राम अक्ष रौनियार र ४५ वर्षीय राजिब भन्ने राजु चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा ‍समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको यूपि ५६ बिसि ७१९६, यूपी ५६ बिएफ ५७१० र यूपि ५६ बिसि ३८५५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
    कञ्चनपुर,  भीमदत्त नगरपाललिका(३ भाँषी स्थित रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका(१ चम्फापुर बस्ने ३२ वर्षीय धिरेन्द्र खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।