Advertisement Banner
Advertisement Banner

२३ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

२० आइतबार , पौष २०८२३ दिन अगाडि

धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङकाे धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । उक्त धार्मिकस्थल क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएकोमा अहिले दोस्रोपटक हिमपात भएको हाे ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरा क्षेत्रमा हिमपात भएसँगै चिसो अत्याधिक बढेको बताइएको छ । विगतमा मङ्सिरदेखि नै हिमपात हुने गरेकाे समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मिटरकाे उचाइमा रहेकाे पाथीभरा क्षेत्रहरूमा यसवर्ष भने ढिला गरि हिमपात भएकाे हाे ।

शनिबार बेलुका दोस्रोपटक पाथीभरा क्षेत्रमा हिमपात भएको हो । हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको र त्यसले वर्षा र हिमपात हुँदा समेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जनाएका छन् ।