Advertisement Banner
Advertisement Banner

२३ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

रोल्पामा जीप दुर्घटना २ काे मृत्यु ९ जना घाइते

२० आइतबार , पौष २०८२३ दिन अगाडि

रोल्पामा जीप दुर्घटना २ काे मृत्यु ९ जना घाइते

रोल्पामा गएराति भएकाे जीप दुर्घटनामा परि २ जनाकाे मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन् । राेल्पाकाे सुनछहरी गाउँपालिका-१, गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हाे ।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा सुनछहरी गाउँपालिका ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको बताइएकाे छ । उनिहरु राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन भने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा विद्यार्थी बाेकेकाे जीप दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।  

दुर्घटनामा गम्भीर घाइते भएका मध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी थप ९ जना विद्यार्थी घाइते भएकाे र घाइते सबैलाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलका लागि रिफर गरिएको प्रहरीले जनाएकाे छ ।