
गएराति पूर्वी नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर राति १० बजेर ५१ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
त्यस्तै हिजाे शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केलको भूकम्प गएको पनि केन्द्रले जनाएकाे छ । यसअघि मंसिर २२ गते बिहान दार्चुलाकाे घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियाे ।
पछिल्लाे समय नेपालकाे पश्चिम क्षेत्रकाे विभिन्न जिल्लामा बेलाबेलामा भुकम्प जाने गरेकाेमा अहिले पूर्वी नेपालमा भूकम्प गएकाे हाे ।


