Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

क्यासिनो भित्र जुवा खेल्ने खेलाउने ५ जना पक्राउ

१७ बिहिबार , पौष २०८२१० महिना अगाडि

क्यासिनो भित्र जुवा खेल्ने खेलाउने ५ जना पक्राउ

क्यासिनो भित्र नेपाली नागरिकहरूलाई प्रवेश गराइ जुवा खेल्ने खेलाउने कार्यमा संलग्न ५ जना पक्राउ

जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १ तौलुङ स्थित गरुड क्यासिनो भित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई निजहरूबाट रकम डिपोजिट लिई सो बापतको क्यासिनो भित्रको जुवा खेल्न प्रयोग हुने विभिन्न दरको चिप्सहरु दिई निजहरूलाई गैरकानुनी रूपमा ठूलो रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्य गराउने निम्न ५ जनालाई तपसिलमा उल्लिखित दसीका सामानहरूसहित पक्राउ गरी जुवा खेल्न खेलाउने नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ७ ९सात० को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको ।

पक्राउ परेका मानिसहरू

१। जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ९ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने वर्ष ६५ को पशुपति खड्का 
२। जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका ८ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बस्ने वर्ष ४६ को दयाराम राना 
३। जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ रामनगर बौद्ध बस्ने वर्ष ५३ को भरतराज पौडेल 
४। जिल्ला दोलखा, मेलुङ गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १ बस्ने वर्ष ४० को सन्तोष भण्डारी 
५। जिल्ला खोटाङ, खोटेह्याङ गाउँपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ४ बसुन्धारा बस्ने वर्ष २४ को गणेश बहादुर मगर

बरामद दसीका सामानहरू 
१। Garud Casino लेखिएको सुन्तला रङ्गको चिप्स थान ( १०
२। Garud Casino लेखिएको पहेँलो रङ्गको १०००० Cash लेखिएको चिप्स थान ( ३ 
३। Garud Casino लेखिएको रातो रङ्गको १००० Cash लेखिएको चिप्स थान ( ४ 
४। Garud Casino लेखिएको नीलो रङ्गको चिप्स थान ( १