Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुन तोलाकाे १ हजार ४ सयले घट्याे

१७ बिहिबार , पौष २०८२एक महिना अगाडि

सुन तोलाकाे १ हजार ४ सयले घट्याे

नेपाली बजारमा एकाएक बढेकाे सुनचाँदीकाे मुल्य निरन्तर घट्दै गएकाे छ । आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा काराेबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको चार हजार ४ सय ७० रुपैयाँमा काराेबार भएको थियो ।