
नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको हाे ।
निगमकाले हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमद्वारा जारि विज्ञप्तिमा जानकारी गराएको छ । त्यस्तै निगमाले हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको जनाइएको छ ।
निगमले एलपी ग्याँसकाे मूल्य बढेर आएकाे भएपनि उपभाेक्ताकाे हितलाइ ध्यानमा राखि ग्याँसकाे मूल्य यथावत राखिएकाे बताएकाे छ ।


