Advertisement Banner
Advertisement Banner

१७ बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

एक वर्षमा १५ लाख बढी नेपाली विदेशिए

१७ बिहिबार , पौष २०८२६ घण्टा अगाडि

एक वर्षमा १५ लाख बढी नेपाली विदेशिए

वैदेशिक रोजगार विभागका अनुसार सन् २०२५ मा १५ लाख बढी नेपाली विदेशिएका छन् । विभागका अनुसार सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।

सन् २०२५ काे एक वर्षकाे अवधिमा १३ लाख १३ हजार १ सय ९१ जना नेपाली विभिन्न देशबाट नेपाल आएका छन् । विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको बताएका छन् ।

त्यसैगरि एक वर्षमा ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केकाे विभागले जनाएकाे छ । विदेशी नागरिकहरू अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गरेकाे पाइएकाे छ । नेपालको अध्यागमनले विदेशी नागरिकहरूलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

यता नेपालीहरू विदेशमा अध्ययन, श्रम, पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गरेकाे विभागले जनाएकाे झ ।