
हाल मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका भू–भागहरुमा हुस्सु तथा कुहिरो लाग्ने छ भने केहि भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएकाे छ ।
त्यसैगरि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भइरहेकाे छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने महाशाखाले बताएकाे छ । त्यस्तै तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो पनि हुस्सु तथा कुहिरो लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु कायमै रहने र कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने पनि महाशाखाले बताएकाे छ । त्यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातकाे समेत सम्भावना रहेकाे बताइएकाे छ ।


