Advertisement Banner
Advertisement Banner

१७ बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

आज अङ्ग्रेजी नयाँ वर्ष र राष्ट्रिय टोपी दिवस मनाइँदै

१७ बिहिबार , पौष २०८२८ घण्टा अगाडि

आज अङ्ग्रेजी नयाँ वर्ष र राष्ट्रिय टोपी दिवस मनाइँदै

हरेक वर्ष झैँ यसवर्ष पनि जनावरी १ अर्थात अङ्ग्रेजी नयाँ वर्ष भव्य रुपमा मनाउन लागिएकाे छ । पश्चिमा संस्कृति अनुसार यस दिनलाई ‘न्यू इयर’काे रुपमा मनाउने गरिन्छ ।

यता नेपाली युवाहरूले भने आफ्नो मौलिकता झल्काउने फरक शैली अनुसार आज ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ १३औँ अन्तर्राष्ट्रिय टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाउँदै छन् ।

जसअनुसार राजधानी काठमाडौँलगायत देशभरका मुख्य शहरहरूमा दौरा-सुरुवाल, ढाका टोपी र गुन्यू-चोलीमा सजिएर टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाउने गरिएकाे छ । विगत १३ वर्षदेखि युवा पुस्ताकाे अग्रसरतामा मनाउन थालेको यो दिवसले राष्ट्रिय पोसाकको संरक्षण र संवर्द्धनमा नयाँ आयाम थपेको छ ।

आज बिहानैदेखि माइतीघर मण्डलासहित राजधानीका विभिन्न स्थानमा र्‍याली र कोणसभाहरू आयोजना गरि ‘टोपी दिवस’ मनाउन लागिएकाे छ भने देश विदेशमा रहेका नेपालीहरूले आफ्नो मौलिक पोसाकमा सजिएका तस्बिरहरू सामाजिक सञ्जालहरूमा राखेर दिवसप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना दिइरहेका छन् ।