Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

१६ बुधबार , पौष २०८२१० महिना अगाडि

प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भनि पसलको खानतलासी गरी तपाइले लागु औषध तथा अवैध औषधिहरू बेच्नु भएको छ, हामी तपाइलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने निम्न २ जनालाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधी पसलबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ६ ९छ० को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको ।

पक्राउ परेका मानिसहरू 
१। जिल्ला सिन्धुपाल्चोक, नमोबुद्ध नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष ३७ को आकाश भन्ने नानि बावु लामा । 
२। जिल्ला दोलखा, मेलुङ गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ बस्ने वर्ष ३४ को प्रकाश तामाङ ।