Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शान्तिको सेता परेवा मार्ने भारत नै हो

०६ सोमबार , भाद्र २०७३८ बर्ष अगाडि

गणेशबहादुर ढुंगाना बित्नुभो। उहाँको सम्झनामा उहाँभित्र देशभक्तिको चिन्तन कति थियो, उहाँले लेखेर जानु भएको  देशभक्तिपूर्ण लेख उहाँका परिवारबाट प्राप्त भएकोले श्रद्धाञ्जली स्वरुप प्रकाशित गरिएको छ। सं.

२) संविधानसभादेखि नै दुरासय नै दुरासय सन २०१३ नोभेम्बर १९ अर्थात २०७० साल मंसिर ४ गते संविधानसभाको निर्वाचन भारत तथा महाशक्ति समर्थित भई बलात्कारी ढंगबाट जारजोबरजसतीजस्तै गरी नेपाल र नेपाली मास्ने उद्देश्यले लादिएको थियो। सुरुदेखि नै दुरासय, पूर्वाग्रही र षडयन्त्रमूलक भएको हुँदा बिरोधभागी, बदरभागी थियो, निर्वाचनपछि अहिलेसम्म जे जे घटनाक्रम देखिएका छन्, संविधान कार्यान्वयन हुन नसक्नुले विरोध गर्नु राष्ट्रिय संकल्पभित्रै पर्दछ।

क) संघीयताको सवाल– राष्ट्रलाई संघीयतामा लैजानका लागि पूर्वाधारमा स्वतन्त्र प्रान्त, राज्यरजौटा हुनुपर्छ। जसलाई मिलाएर एउटा संघीय ढाँचा बनाइन्छ। जस्तो कि भारतको स्वतन्त्रतापछिकोसंघीय राज्य स्थापनाको ज्वलन्त उदाहरण छ। चीनमा केन्द्रात्मक छ जसलाई संघीयतामा लैजान मिल्दैन। किनभने एकात्मकबाट संघात्मकमा लैजानु भनेको राज्यको विभाजनको षडयन्त्र हो भन्नुपर्ने बुझ्नुपर्छ। नेपालमा एकात्मक केन्द्रीय राज्यव्यवस्थाबाट संघीय राज्यमा लैजानु भनेको सग्लो सवल राज्यलाई चोक्टा चेाक्टामा काटेर स्याल गिद्धलाई ख्वाउने अनि आफ्नो मनमानी चलाउने नवउपनिवेशवादीहरुको गम्भीर षडयन्त्र भएको हुँदा आपत्तिजनक तथा विरोधभागी छ।

ख) जातीयताको सवाल– जातिवाद आधुनिक नवउपनिवेशवादको आन्तरिक डावाडोल स्थिति खडा गरेर क्षतविक्षत पार्ने अनि हस्तक्षेप, दमन गैरकानुनी लुट मच्चाउने सबैभन्दा प्रभावकारी रसफल सूत्रका रुपमा  विश्वव्यापी प्रयोग भइरहेको अस्त्र हो। जसरी सिरियामा रासायनिक हतियार उपर प्रतिवन्ध लगाइयो  त्यसरी नै राष्ट्रसंघ र विश्समुदायले नेपालमा मात्र होइन विश्वव्यापी रुपमा जातिवादमा प्रतिवन्ध लगाउनुपर्छ भन्ने नेपालीको आह्वान छ। नेपालमा नागरिक सर्वाभौमिकता तथा सर्वोच्चताको अपहेलना गर्दै जातिवादलाई सर्वोच्च प्राथमिकता दिएर व्यवहार गरेका छन् र तीब्र गतिमा मिथ्या महिमा बढाएर प्रचारप्रसार गरिरहेका छन् नवउपनिवेशवादी रतिनका दाताका जंजीरमा जकडिएका स्वदेशी देशद्रोहीहरुले। जातिवादलाई अल्पकालीन र दीर्घकालीन दुई खण्डमा विभाजन गरिएको देखिन्छ जातिवादलाई। सुरुमा नेपाली नेपालीवीच काटामार गराएर शिथिल, कमजोर, निस्किृ, निरीह अवस्थामा पुर्‍याएसकेपछि, फाइनलमा बाह्य जातिवाद अर्थात बहुप्रचारित मधेसे, पहाडे, जातिवाद जसले नवउपनिवेशवादको दराकांक्षाको मैजारो नै गर्नेछ। किनभने त्यसबेला युद्धमा सबै जायज भनेर आफ्ना सवा अर्व मधेसे र हातहतियारको प्रयोग हुनेछ। शंका छैन।

अतः नेपालका लागि एकात्मक सरकार, प्रत्यात्मक जनअधिकार, अपरिहार्य छ। अन्यथा नेपालको शान्ति, सामाजिक सद्घाव, राष्ट्रिय समृद्धि र सार्वौमिकता समाप्त हुन्छ, क्रिमियाको नजीर दोहोरिनेछ । जातीय संघीयता विनासको मूलबाटो हो, विदेशीको मीठो कल्पना हो।

ग) नेपालमा शासनपद्धति– नेपाललाई कुन ढाँचाको पद्धति चाहिन्छ, कुन प्रकारको सरकार सुट गर्छ, कुन प्रकारको प्रशासन उपयुक्त हुन्छ आदि विषय मात्र नेपालीको नैसर्गिक हकदैयाको विषय हो। नवउपनिवेशवाद र तिनका मतियारको दैनिक हस्तक्षेप र टाउको दुखाईको विषय होइन । नेपालको मामिलामा नेपालीलाई नै निर्णय गर्न दिइनुपर्छ, नेपालीले निर्णय गर्ने क्षमता देखाउनु पर्छ। जसरी संविधान घोषणा गरियो र नेताहरुले अलोकतान्त्रिक तरिकाले सिण्डिकेट चलाइरहेका छन्, त्यसमा जनताको चित्त बुझेको छैन।

घ) आदि, अनादि, जाति, जनजातिको सवाल– आदि, अनादि, जाति, जनजातिको सवाल समुद्रको छाल उर्लिएजसरी उर्लिरहेकै छ। यो विवादले नेपाल र नेपालीलाई समस्याका अन्धकारतिर फसाइएको छ। हामीले सहज मार्ग पहिल्याउने हो भने आदिवासी नेपाली र १९५० पछि नागरिकता लिएर वा नलिएर नेपाल पसेका आप्रवासी नागरिकमा लगेर टुङ्ग्याई दिनु शान्तिसुरक्षाका दृष्टिले अब्बल कदम हुनेछ।

ङ) बाहुनक्षेत्री अन्यको सवाल– बाहुन क्षेत्रीलाई अन्य भनेर लेख्नु रहिजो नेपालपसेर मधेसे नेपाली बनेकालाई मौलिक हक, समावेशी हक, आरक्षित र विशेष हक दिनु कसैले नपत्याओस्का कुरा हुन्। फूट डालो शासन करोका बण्डल हुन्। नेपालको नागरिकता लिनेको नागरिकता किन बदर नगर्ने? जो जन्मशिद्ध नागरिक हुन्, उनीहरु नेपालका स्वामी हुन्। भनिन्छ, सजगता नै स्वाधीनताको मूल्य हो।

च) राज्यविहीनताको अवस्थ्ाा– १८०८ किलोमिटर खुला सिमानाको सदुपयोग गरेर अविरल रुपमा भारतीय नेपाल पसिरहेका छन्। ती सबैलाई नेपाली  भारतीय चम्चाहरुले राज्यविहीन नेपाली मधेसे भनेर गोयवल्स शैलीमा प्रचार गरिरहेका छन्। नेपाल वा भारत पसेकाहरु कदापि राज्यविहीन होइनन्। नेपाल सरकार किन स्पष्ट कदम चाल्न सक्दैन? नेपाल पसेका भारतीयले नेपालमा नागरिकता पाउनुपर्ने? भारतले दादागिरी देखाउन छाड्नुपर्छ। नेपाली माटो उल्फाको धन फुपुको श्राद्ध हुनसक्दैन।

छ) सबै फोहर नेपालमै भन्ने सवाल– भारतले सिक्किम, भुटान, फिजी, श्रीलंकामा लागू गरेको सबै नागपासहरुको एकमुष्ठ नेपालमा लागू गरेको छ। यसमा दुई मुख्य नागरिकता र पहाडे मधेसेको जातीय विद्वेष विषबृक्षसरह हल्कदैछ। जातिवादद्वारा आमजातीय हत्या गर्ने चक्रव्यूह रच्दैछ। नेपाली सचेत हुन जरुरी छ।

ज) नेपालको भूस्वरुप ध्वस्त पार्ने सवाल– भारतले नेपालमा मानव, पशुपक्षी, बोटविरुवा केही पनि जिवित रहन नसक्ने दीर्घकालीन कार्ययोजना बनाइरहेको जानकारी विज्ञसमूहले दिइरहेका छन् । भारतको नदीजडान योजना, कोशी हाइड्याम, जंगे पिलर उखेल्दै अतिक्रमण बढाउँदै, सीमामा लक्ष्मणपुरजस्ता बाँध बनाइरहेकै छ। लुम्बिनीलाई डुबानमा पार्ने योजना पनि बनाइरहेको छ। सिमानामा के के भइरहेको छ, यसबारे राष्ट्रव्यापी छलफल र नागरिक संचेतनाका लागि श्वेतपत्र किन जारी नगर्ने? क्रमस...