Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चाैविस घण्टा पछि खुल्याे राजमार्ग

१६ बुधबार , पौष २०८२एक महिना अगाडि

चाैविस घण्टा पछि खुल्याे राजमार्ग

हिजाे बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघि खुलेकाे छ । रौतहटको चन्द्रपुर नगरपालिका–४, लमाह पुल नजिक ग्यास बुलेट पल्टिएर अवरुद्ध भएकाे उक्त राजमार्ग सञ्चालनमा अाएकाे हाे ।

हिजाे बिहान भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएकाे थियाे । अहिले पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर छ वटा क्रेन प्रयोग गरि ट्यांकर हटाइएकाे थियो । उक्त राजमार्ग अवरुद्ध हुँदा साना सवारीसाधनले चन्द्रनिगाहपुर–गौरकाे वैकल्पिक बाटो प्रयोग गरेका थिए ।