Advertisement Banner
Advertisement Banner

१६ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न

१५ मंगलबार , पौष २०८२११ घण्टा अगाडि

राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न

राष्ट्रिय अपाँग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहिता अभिबृद्धि गर्नका लागि महासंघले बार्षिक सामाजिक परीक्षण काठमाण्डौंमा सम्पन्न गरेको हो । महासंघका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा महासंघको बार्षिक प्रतिबेदन महासचिव सुगम भट्राईले सहजीकरण गरेको कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण प्रतिबेदन प्रश्तुत गरेका थिए ।

 परियोजना अधिकृत रोशन न्यौपाले महासघले सन्चालन गरेका परियोजना बारे जानकारी दिएको कार्यक्रममा महासंघका पूर्ब अध्यक्ष डाक्टर बिरेन्द्रराज पोख्रेल, प्रशासकिय प्रमुक्ज लय प्रसाद उप्रेती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न सरोकारवालाहरुले बिचारहरु राखेका थिए । नेपाल नेत्रहिन संघका महासचिव कलाधर भण्डारीले अपाङ्ताको आयआर्जन र रोजगारीको लागि दिगो श्रोतको खोजि गर्दै नयाँ नयाँ संस्थाहरुलाई महासंघले सहयोग गर्नु पर्ने बताए । उनले निर्वाचनमा अपाङ्गता, समाबेशिताको सवाल जोड्न माग गरे । 

अपाँगता अधिकारकर्मी गिरीधारी सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था महासंघको पैरबिबाट सम्भव भएको बताए । एक्सेस प्लानेटकी लक्ष्मी नेपालले अपाङ्गता भएका बालिकाको मुद्दामा आवाज उठाउनु पर्ने बताईन् । तेह्रथुमकी नरमाया लिम्बूले अपाङ्ग परिचयपत्र गुणस्तरिय हुनु पर्ने बताए । महासंघका पूर्व अध्यक्ष दिपक कोईरालाले महासंघका कामहरुलाई थप प्रचार, प्रसार गर्नुपर्ने बताए । जेनजी प्रतिनिधि मदन रोकायले महासंघ भित्र युथ एडभाईजेरी काउन्सिल बनाउनु पर्ने बताए । अपाँगता अधिकारकर्मी नबिना ज्ञवालीले महासंघले उधमशिलतालाई समेट्नु पर्ने बताईन् । कार्यक्रममा सुस्मिरा अर्याल बहिरा युवा महासंघका रामचन्द्र गैरे लगायतले बोलेका थिए ।