Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनकाे मूल्य झण्डै ८ हजारले घट्याे

१५ मंगलबार , पौष २०८२एक महिना अगाडि

सुनकाे मूल्य झण्डै ८ हजारले घट्याे

नेपाली बजारमा निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा गिरावट आएको छ । आज एकैदिन प्रतिताेला झण्डै ८ हजार रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ७० हजार रुपैयाँ पुगेकाे थियाे ।

त्यसैगिर चाँदीको मूल्यमा पनि आज उच्च गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । हिजाे चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले नेपाली बजारमा १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ७ सय १० रुपैयाँमा काराेबार भइरहेकाे छ भने चाँदी १० ग्रामको मूल्य ३ हजार ९ सय ३५ रुपैयाँ कायम भएको छ ।