Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शीतलहरले जनजीवन प्रभावित,विद्यालयमा बिदा

१५ मंगलबार , पौष २०८२एक महिना अगाडि

शीतलहरले जनजीवन प्रभावित,विद्यालयमा बिदा

मधेशमा अत्याधिक जाडाे र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि विद्यालयहरुमा बिदा दिन थालिएकाे छ । शीतलहरका कारण सप्तरी जिल्लाका विभिन्न पालिकाहरूका विद्यालयमा बिदा दिन थालिएकाे हाे ।

शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएकाे छ । राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज एक सूचना जारी गर्दै अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको बताइएकाे छ ।

त्यसैगरि जिल्लाकाे महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । त्यस्तै जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा ५ दिनका लागि बिदा दिइसकेको छ भने बोदेवरसाइन नगरपालिकाले पुस ९ देखि १३ गतेसम्म जाडो बिदा दिएर सबै विद्यालय बन्द गराएको थियाे ।

बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्धबृद्धा बिरामी परेका छन भने पशु चौपायासमेत प्रभावित भएकाे बताइएकाे छ ।