Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सात प्रदेश बहिष्कार

०६ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

स्थानीय निकायको सिमांकनमा दलहरुवीच महाभारत चलिरहेको स्थितिमा खम्बुवान राष्ट्रिय मोर्चाले सात प्रदेश संख्या अमान्य रहेकोले बहिष्कार गर्ने स्पष्ट पारेको छ। उता आक्रोसित लिम्बुवानले पहिले नै अस्वीकार्य बताइसकेको छ। संवाद डबलीमा पार्टीको २४औं स्थापना दिवस मनाएको खम्बुवानले संविधानका अनेक व्यवस्थाहरुप्रति असन्तोष प्रकट गरेको हो। खम्बुवानबाट सांसद छन् रामकुमार राई। उनी पार्टीका अध्यक्ष पनि हुन्। उनले आत्मनिर्णय र स्वायत्तताको अधिकार नदिने भएकाले सात प्रदेश बहिष्कार गर्ने जनाए। उनले प्रदेश निर्माण गर्दा भौगोलिक र जातीय पहिचान झल्कनु पर्ने माग पनि गरे।

पहिचान, भूगोल र सामर्थ्य कहाँ झल्कियो भन्ने उनको प्रश्न थियो। मोरङ, झापा र सुनसरीसहितको पूर्वका १४ जिल्ला खम्बुवान बनाउनुपर्छ भने। खम्बुवानीहरु खम्बुवान क्षेत्रलाई सवल र सम्पन्न बनाउन अव रगत होइन पसिना बगाउनुपर्ने बेला आयो भन्दै खम्बुवानका अध्यक्ष राईले घोषणा गरे– दुई वर्षभित्र खम्बुवानीहरुले सुनको छाना हाल्नसक्ने बताए। पञ्चायतमा सुर्खेतका सुनबुढा र लोकतन्त्रमा खम्बुवान बुढाले उस्तै उस्तै धक्कु लगाएका छन्। राईले गोपाल किराँतीले खम्बुवानलाई धोका दिएको आरोप लगाएका छन्। उनले धर्मनिरपेक्षता बाहुनक्षेत्रीकै कारण आएको र संसद फटाह बस्ने थलो भनेर  सबैलाई हँसाए।