Advertisement Banner
Advertisement Banner

१४ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

पाँच महिनामा ५ अर्ब ५३ करोड ३२ लाख बढीकाे अलैँची निर्यात

१४ सोमबार , पौष २०८२६ घण्टा अगाडि

पाँच महिनामा ५ अर्ब ५३ करोड ३२ लाख बढीकाे अलैँची निर्यात

पाँच महिनामा काँकडभिट्टा नाकाबाट ५ अर्ब ५३ करोड ३२ लाख भन्दा बढीकाे अलैँची निर्यात निर्यात भएको छ । चालु आवको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको हाे ।

काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा रहेकाे छ । कार्यालयका अनुसार उक्त अवधिमा १अर्ब ८५ करोड ६२ लाख ७ हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको बताइएकाे छ ।

उक्त नाकाबाट ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको पनि कार्यालयले जनाएकाे छ ।

त्यसैगरि भन्सार कार्यालयका अनुसार ९ करोड १२ लाख ८७ हजारको मुसुरो र ३ करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता निर्यात भएको छ ।