Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

जोखिमपूर्ण अवस्थाबाट १६३ महिला तथा किशोरीको उद्धार

१४ सोमबार , पौष २०८२२ महिना अगाडि

जोखिमपूर्ण अवस्थाबाट १६३ महिला तथा किशोरीको उद्धार

नेपाल भारत सिमाकाे वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका १ सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । सन् २०२५ मा सीमा क्षेत्रबाट माइती नेपालकाे निगरानीले जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा किशाेरीको उद्धार गरेको हो ।

माइती नेपाल वीरगञ्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका १ सय ३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको बताउँदै बाँकी ३३ जना महिला तथा किशोरीलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको बताएकी हुन् ।

यसअघि माइती नेपालले गत वर्ष सन् २०२४ मा सीमाक्षेत्रबाट १ सय ३५ जना महिला तथा किशोरीको उद्धार गरेको थियो भने २०२३ मा १ सय ९२ जना महिला तथा किशोरीको उद्धार गरेको थियो । यसवर्ष जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० जना किशोरी १८ वर्ष मुनिका रहेकाे बताइएकाे छ ।

त्यसैगरि १९ वर्षमाथिको सङ्ख्या १ सय २३ जना रहेकाे छ । माइती नेपालले २०२५ मा करिब २० हजार २ सय ३१ सवारीसाधनको जाँच गरेको थियो भने २२ हजार ५ सय जनालाई मानव बेचबिखनविरुद्धको जनचेतनामूलुक कार्यक्रम मार्फत सचेत गराएकाे थियो ।