Advertisement Banner
Advertisement Banner

१४ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

आफ्नै ज्वाइँले गरे सासुकाे हत्या

१४ सोमबार , पौष २०८२६ घण्टा अगाडि

आफ्नै ज्वाइँले गरे सासुकाे हत्या

इटहरीमा आफ्नै ज्वाइँले गरे सासुकाे हत्या गरेका छन् । उपचारका लागि भोजपुरबाट इटहरी आएकी पबीमाया बयलकोटीकाे आफ्नै ज्वाइँ गणेश साह गुप्ताले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोरङको बाहुनी घर भई इटहरीमा डेरा गरी बस्दै आएका गुप्ताले पानी तान्ने ट्युबेलको ह्यान्डलले टाउकामा प्रहार गरि हत्या गरेकाे बताइएकाे छ । बयलकोटी एक साताअघि भोजपुरको दिङ्लाबाट उपचारका लागि इटहरी आएकी थिइन् ।

उपचारका लागि श्रीमानसँग इटहरी जनता बस्तीमा बस्दै आएकी पबीमाया सोमबार घर फर्किने तयारी भएकाले आइतबार राति ज्वाइँ गणेश साहको डेरामा पुगेकी थिइन् । छोरी र ज्वाइँबीच दैनिक झगडा हुने गरेको र सासुले सम्झाउन खोज्दा गणेश साह आक्रोशित भई सासुकाे हत्या गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

घटनामा संलग्न आरोपी गणेश साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।