Advertisement Banner
Advertisement Banner

१४ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

जाँचबुझ आयोगमा उपस्थित हुँदै लेखक

१४ सोमबार , पौष २०८२७ घण्टा अगाडि

जाँचबुझ आयोगमा उपस्थित हुँदै लेखक

गत भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रमबारे प्रष्टीकरण दिन तत्कालिन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज जाँचबुझ आयोगसमक्ष उपस्थित हुँदैछन् । उक्त जेनजी घटनाका सन्दर्भमा सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।

हिजाे आइतबार नै आयोगले लेखकलाई जाँचबुझ आयोगसमक्ष बाेलाएकाे भएपनि विशेष कारणवश आज मात्रै जान लागेका हुन् । आज दिउँसो १२ बजे बयानका लागि आयोगको कार्यालयमा पुग्ने लेखकको सचिवालयले जनाएकाे छ ।

लेखकले यसअघि नै आफू आयोगमा गएर बयान दिने विषयमा पार्टी नेतृत्वलाई जानकारी गराएका थिए । जेनजी आन्दोलन चर्किएका बेला मुलुकको गृह प्रशासनको नेतृत्व सम्हालेका लेखक माथि तत्‌कालीन गृहमन्त्रीकाे हैसियतले आन्दोलन नियन्त्रण र शान्ति सुरक्षाको जिम्मेवारी रहेकाे थियो ।

नेता लेखककाे सचिवालयका अनुसार आयोगमा बयान दिएपछि भोलि दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने बताइएकाे छ ।