Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महासंघद्वारा अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण

१३ आइतबार , पौष २०८२२ महिना अगाडि

महासंघद्वारा अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ३३ औँ स्थापना दिवसकाे अवसरमा अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण गरेकाे छ । शाखाले धनकुटा नगरपालिका-४, स्थित मदन आश्रित प्रतिष्ठानद्धारा सञ्चालिन बालपुनस्थापना केन्द्रका बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण गरेको हो ।

बि. सं. २०४९ साल पुस १३ गते स्थापना भएको नेपाल पत्रकार महासंघले ३३ औँ स्थापना दिवसकाे अवसरमा स्टेशनरी तथा फलफूल वितरण गर्दै पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले पत्रकारहरू समाचार मात्रै लेख्ने नभइ सहयोग पनि गर्छन भन्ने सन्देश दिएको बताएका थिए । यता बालपुनस्थापना केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष गोपाल गुरागाँईले महासंघकाे सहयोग प्रति धन्यवाद दिएका थिए ।

यसअघि २०४९ साल पुस १३ गते सञ्जयसन्तोषी राईको अध्यक्षतामा विष्णुमान श्रेष्ठ, गोपाल अधिकारी, टंकबहादुर राई, राजकुमार दिक्पाल, रमेश अमात्य, लाखमान राई, सरोज श्रेष्ठ, सुर्यकुमार श्रेष्ठ, देवराज घिमिरे, नविन राई र शारदासन्तोषी राई सदस्य रहेको महासंघ गठन भएकाे थियाे । उनिहरूकाे महासंघकाे संस्थापक कार्यसमिति थिए भने संस्थापकहरूमध्ये विष्णुमान श्रेष्ठको निधन भइसकेको छ ।

महासंघको स्थापना दिवसको अवसरमा स्टेशनरी तथा फलफूल वितरणसँगै साँझ दिप प्रज्वलनको कार्यक्रम रहेको महासंघकाे धनकुटा शाखाका अध्यक्ष विदुर खवासले जनाएका छन् ।