Advertisement Banner
Advertisement Banner

१३ आइतबार, पौष २०८२20th November 2025, 6:33:20 pm

तराईमा हुस्सु, हिमाली भागमा हिमपात

१३ आइतबार , पौष २०८२४ घण्टा अगाडि

तराईमा हुस्सु, हिमाली भागमा हिमपात

अहिले मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागि रहने छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  

महाशाखाका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताइएकाे छ । त्यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनुका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरि गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएकाे छ ।