Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशन

१३ आइतबार , पौष २०८२१० महिना अगाडि

निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले हिजाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको हाे ।

यसअघि गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल १ करोड ७८ लाख ८८ हजार ५ सय ७० मतदाता रहेकामा यस पटक ९ लाख १५ हजार १ सय १९ मतदाता थपिएका आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सय गरी कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् ।

आयोगले उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरेको बताइएकाे छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट हजाे अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।

मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको समेत प्रवक्ता भट्टराईले जनाएका छन् ।

आसन्न निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएकाे पनि आयोगले जनाएकाे छ ।