Advertisement Banner
Advertisement Banner

१२ शनिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

चोरी र लागूऔषधको महामारी देशैभरि

११ शुक्रबार , पौष २०८२७ घण्टा अगाडि

चोरी र लागूऔषधको महामारी देशैभरि

चोरी भएका ६० सवारी धनीलाई हस्तान्तरण
काठमाडौं, ११ पुस । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  
विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी भक्तपुर, लोकन्थली, नाला बनेपा, बसन्तपुर, कीर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  
चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका ६० वटा सहित १ सय ८१ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
सुर्खेत, ११ पुस । भेरीगंगा नगरपालिका १२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित  जाजरकोट भेरी नगरपालिका(३ बस्ने २२ वर्षीय प्रेम परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं, ११ पुस ।     काठमाडौं, चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी घर भएका २४ वर्षीय देब बहादुर विश्वकर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र ००१(००६ ख ९८८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
झापा, कन्काई नगरपालिका( ७ दुर्गापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ८० मिलिग्राम सहित सोही नगरपालिका ५ बस्ने ४१ वर्षीया सम्झना श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण  ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका ५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय  मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका(१ दानाबारी बस्ने ३१ वर्षीय सन्देश राई र ४६ वर्षीय टेक बहादुर लिम्बु रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१.०३००१ प ४९५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, बाह्रदशी गाउँपालिका २ जनता चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित भारत बिहार किशनगंज धातोला पन्चायत २ खरौल टोल बस्ने २२ वर्षीय मो।नाजिरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सिन्धुली, दुधौली नगरपालिका ५ कुलुवापुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय २१ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ८ सय ग्राम र नगद २८ हजार ६ सय १६ रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने २६ वर्षीय सिताराम बुढाथोकी र २० वर्षीय मान बहादुर विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
तनहुँ, आँबुखैरेनी गाउँपालिका(४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९० ट्याब्लेट सहित बन्दिपुर गाउँपालिका(५ याम्पाफाँट बस्ने २२ वर्षीय सूर्य नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१.००६ ख ६६९० नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कपिलवस्तु, मायादेवी गाउँपालिका २ भैसकुण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४३ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका.४ बुलकडिहवा बस्ने ३० वर्षीय अब्दुल कासिमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पकडी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एयु ०७२३ नम्बरको मोटरसाइकलमा ‍सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, घोडाघोडी नगरपालिका २ टनकपुर बस्ने ३७ वर्षीय किसिमलाल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ६० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 
यसैगरी कैलाली, टिकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका(१ बनगाउँ बस्ने ३३ वर्षीय संजिव कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
कास्की, पोखरा महागनरपालिका ३ नालामुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ९८ ट्याब्लेट र नगद ३५ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका(१० रामबजार बस्ने पर्वत घर भएका ४० वर्षीय सुरेन्द्र गुरूङ र सोही महानगरपलिका ८ डेरा गरी बस्ने बारा घर भएका ३० वर्षीय सलमान खान रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
मोरङ, पथरीशनिश्चरे नगरपालिका २ सरस्वती टोल बस्ने ३१ वर्षीय निरज गुरूङ र उनकै श्रीमती २५ वर्षीया सुमता राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपलिका ७ श्रीजंग मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ७० ट्याब्लेट र स्पास्पेन ५ सय ५० ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संसार थापा, सोही उपमहानगरपालिका १५ बस्ने १९ वर्षीय सन्देश लिम्बु र सोही उपमहानगरपालिका ७ बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

भरूवा बन्दुक बरामद
सुर्खेत, ११ पुस । सिम्ता गाउँपालिका २ शिर्पास्थित वडालेख सामुदायीक वनबाट भरूवा बन्दुक २ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
प्रहरी चौकी आग्रिगाउँबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा प्लाष्‍टिकको बोराले बेरी राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।