Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

फेरि बढ्याेे सुनकाे भाउ, अहिलेसम्मकै उच्च

११ शुक्रबार , पौष २०८२२ महिना अगाडि

फेरि बढ्याेे सुनकाे भाउ, अहिलेसम्मकै उच्च

आज नेपाली बजरामा सुनकाे भाउ अहिलेसम्मकै उच्च भएकाे छ । दैनिक घटबढ भइरहेकाे सुनकाे भाउ बढेर आज अहिलेसम्मकै उच्च मूल्यकाे कीर्तिमान कायम भएको हाे ।

आज छापावाल सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ प्रतिताेला २ लाख ६७ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियो ।

त्यसैगरि आज नेपाली बजरामा चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको महासंघले जनाएकाे छ । महासंघका अनुसार आज चाँदी १सय ६५ रुपैयाँले बढेर तोलाको ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय रुपैयाँ थियो ।