
आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ विधिक कार्यक्रमका साथ याे दिवस मनाउन लागिएकाे हाे ।
समाजमा ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि ज्येष्ठ नागरिक दिवस मनउन थालिएकाे हाे । विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकप्रति हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ भने जीवनको लामो यात्रामा उनीहरूले गरेका त्याग, सेवा र योगदान समाजको अमूल्य सम्पत्ति हुन ।
नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकारकाे समेत सुनिश्चित गरेको छ ।


