Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा सम्पन्न

११ शुक्रबार , पौष २०८२१० महिना अगाडि

पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा सम्पन्न

पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा आराधना गरिएको छ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथकाे मूल मन्दिरमा हिजाे रातभर धनुर्मास पूजा आराधना गरिएको हाे ।

पुस महिनाभर सूर्य धनु राशिमा हुने र प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने परम्परा रहेकाे छ । हिजाे बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जनाएका छन् ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा रहेकाे र पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा रहेकाे छ ।

धनुर्मास पूजा सम्पन्न गरिएपछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाएर अर्काे दिन पशुपतिनाथलाई उपवास राख्ने परम्परा रहेकाले उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत रहेको छ । बेलुकी पख भने शिवपुरी डाँडाबाट घाम तापेर महादेव फर्कने विश्वासमा आरती गरिन्छ ।